बाढी प्रभावित क्षेत्रमा २४ लाख टन भग्नावशेष थुप्रियो
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को प्रारम्भिक अनुमानअनुसार गत हप्ता नेपाल–चीन सीमा नजिक गएको बाढीका कारण २४ लाख टनभन्दा बढी भग्नावशेष तथा फोहोर उत्पादन भएको छ।युएनडीपीको एक विज्ञप्ति अनुसार यसमा घरका भग्नावशेषहरू, घरायसी सामानहरू, बोटबिरुवा, चट्टान र गेग्रानहरू समावेश छन्।विज्ञप्तिमा भनिएको छ कि फोहोरको यो मात्राले 'विनाशको गम्भीरता र घरहरू, सडकहरू तथा सार्वजनिक स्थानहरू सफा गरेर पुनर्निर्माण सुरु गर्दा समुदायहरूले सामना गर्नुपर्ने चुनौती' दर्शाउँछ।
