Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4 Septlast: 4 Sept

नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा जनकराज कालाखेती नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनकराज कालाखेतीलाई नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको छ। सर्वोच्च अदालतले कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेपछि रिक्त रहेको नेतृत्वमा नायब महाप्रबन्धक कालाखेतीलाई नियुक्त गरिएको हो। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहित यो जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstBizmandu

एनएसीमा निमित्त महाप्रबन्धकको जिम्मेवारी जनक कालाखेतीलाई, आर्थिक र प्रशासनिक अधिकार

काठमाडौं। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम (एनएसी)मा निमित्त महाप्रबन्धकको जिम्मेवारी जनकराज कालाखेतीलाई दिएको छ। कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरेको नियुक्ति सर्वोच्च अदालतले बदर गरेको दुई सातापछि मन्त्रालयले नायब महाप्रबन्धक कालाखेतीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको हो। मन्त्रिपरिषद्‍ले महाप्रबन्धकको समेत काम गर्ने गरी ७८ वर्षीय महेश्वरभक्तलाई असार ३० गते एनएसीको कार्यकारी अध्यक्ष नियुक्त गरेकामा […] The post एनएसीमा निमित्त महाप्रबन्धकको जिम्मेवारी जनक कालाखेतीलाई, आर्थिक र प्रशासनिक अधिकार appeared first on BIZMANDU.

content2 publishers
Coverage

1 more headline since

  1. नेपाल वायुसेवा निगमको निमित्त महाप्रवन्धक जिम्मेवारी कालाखेतीलाई

    १९ भदौ, काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रवन्धकको जिम्मेवारी जनकराज कालाखेतीलाई दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई निमित्त महाप्रवन्धक जिम्मेवारी दिएको हो । अर्को व्यवस्था नभएसम्म भूमिका निर्वाह गर्ने गरी उनलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । यसअघि महेश्वरभक्त श्रेष्ठको नियुक्ति अदालतबाट बदर भएसँगै नेवानिको नेतृत्व रिक्त रहेको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.