
न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य
काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले न्युजिल्यान्ड ‘ए’ लाई जितका लागि २ सय १२ रनको लक्ष्य दिएको छ। डार्विनस्थित मारारा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ११ रन बनाएको हो। नेपालका लागि अलराउन्डर पवन सर्राफले अर्धशतकीय पारि खेले। […]