ट्र्याक्टरबाटै बेलायतमा चिनियाँ जासुसी ! कृषि प्रणाली नै 'ह्याक' हुनसक्ने चेतावनी
चीनले ट्र्याक्टरलगायत इन्टरनेटबाट जोडिएका कृषि औजारहरू प्रयोग गरेर बेलायती किसानहरूमाथि जासूसी गर्न सक्ने एक विशेषज्ञ रिपोर्टले चेतावनी दिएको छ। 'द टेलिग्राफ' मा प्रकाशित रिपोर्टअनुसार, प्रविधिम्बन्धी विचार गर्ने संस्था (थिंक ट्यांक) को विश्लेषणले बेलायतको खाद्यान्न उत्पादन क्षेत्र देशैभरका कृषि उपकरणहरूमा लुकेको सुरक्षा जोखिमका कारण खतरनाक रूपमा खुला र असुरक्षित रहेको देखाएको हो । लेबर पार्टीका सांसद ग्राहम डाउनीको नेतृत्वमा रहेको 'कोएलिसन अन सेक्युर प्रविधि'का अनुसार
