प्रतिगमन सच्चाउन अघिल्लो संसद् पुनर्स्थापनलाई राजनीतिक एजेन्डा बनाउँछौं– महेश बस्नेत
नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौमा विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनालाई राजनीतिक एजेन्डा बनाउने बताएका छन् ।असोज ६–७ मा बस्ने केन्द्रीय समिति बैठकमा छलफल गरेर यसबारे निर्णय लिने उनले बताए ।भदौ २४ को घटनाको वार्षिकीको अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बस्नेतले संसद् पुनर्स्थापना क्रान्तिकारी कदम हुने दाबी गरेका हुन् । एमालेले भदौ २३–२४ को घटनालाई प्रतिगमन भन्दै आइरहेको छ।‘संसद् पुनर्स्थापाको कुरा साथीहरूले सोध्नु भएको छ । यसपालिको बैठकमा हामी

