Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

मोल्दोभामा जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट जोगियो

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने क्रममा रुसी ड्रोन हमलाबाट जोगिएको नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेले खुलासा गरेका छन्। स्टोरेका अनुसार जेलेन्स्की मोल्दोभाबाट नर्वेको राजधानी ओस्लोतर्फ प्रस्थान गर्दै गर्दा उक्त विमान नजिकै ड्रोन देखिएको थियो। प्रधानमन्त्री स्टोरेले बुधबार सरकारी टेलिभिजनसँग कुरा गर्दै यो जानकारी दिएका हुन्।

2 publishers · 2 headlines · developing over 7 hours
Broke firstRatopati logoRatopati

जेलेन्स्कीको विमान नजिकबाट गयो रुसी ड्रोन

किशिनाउ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार विमान मोल्दोभाबाट नर्वेको राजधानी ओस्लोतर्फ उड्ने क्रममा थोरैले रुसी ड्रोनको निशानामा पर्नबाट जोगिएको नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेले बताएका छन् । जेलेन्स्कीको विमान मोल्दोभाबाट उड्ने क्रममा ड्रोनसँग लगभग

story2 publishers
Coverage

1 more headline since

  1. नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

    ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने क्रममा ड्रोन हमलामा पर्नबाट जोगिएको नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेले खुलासा गरेका छन्। स्टोरेले बुधबार सरकारी टेलिभिजनसँग कुरा गर्दै जेलेन्स्कीको विमान मोल्दोभाबाट उडान भर्नै लाग्दा एउटा ड्रोन विमाननजिक आएको दाबी गरेका हुन्। यद्यपि, उनले ड्रोन विमानबाट कति दूरीमा थियो र आफूले यो जानकारी कहाँबाट प्राप्त […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.