
सर्वोच्चको फैसला : सार्वजनिक खरिद सम्झौतापछि सार्वजनिक निकायले एकतर्फी सर्त परिवर्तन गर्न पाउँदैनन्
काठमाडौँ । सार्वजनिक खरिद सम्झौतामा प्रवेश गरिसकेपछि सरकारी वा सार्वजनिक निकायले पनि अन्य पक्षसरह संविदात्मक दायित्वबाट बाँधिनुपर्ने र एकतर्फी रूपमा सम्झौताका सर्तहरू परिवर्तन गर्न वा आफू अनुकूल व्याख्या गर्न नपाउने सर्वोच्च अदालतले प्रस्ट पारेको छ
