Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

रवि लामिछानेमाथि लागेको आरोपप्रति रास्वपाको नियमापत्ति

नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतका फाइल जलाउन निर्देशन दिएको आरोप लगाएकी छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै श्रेष्ठले जेनजी आन्दोलनको समयमा अदालतमा भएको आगलागीबारे प्रश्न उठाएकी थिइन्। उक्त आरोपपछि रास्वपाका सांसदहरूले नियमापत्ति जनाउँदा सदनमा केहीबेर तनाव उत्पन्न भएको थियो।

3 publishers · 4 headlines · developing over 2 hours
Broke firstLokaantar logoLokaantar

रवि लामिछानेले अदालत जलाउन निर्देशन दिएको आरोपपछि रास्वपाको नियमापत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तत्कालीन गृहमन्त्री रहेको समयमा अदालत जलाउन निर्देशन दिएको भन्दै अभिव्यक्ति नेकपा एमाले सांसदले सदनमा दिएपछि रास्वपाले नियमापत्ति गरेको छ ।सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद गंगादेवी श्रेष्ठले केही दिन अघि सर्वोच्च अदालतमा आगलागी भएको विषयमा प्रश्न उठाउँदै जेनजी आन्दोलनको समयमा रास्वपाले अदालत जलाएको आरोप लगाइन् ।उनले जेनजी आन्दोलनमा छानी-छानी फाइल जलाएको भन्दै पटक-पटक पुनः किन आगो लाग्छ भन्दै प्रश्न गरिन् ।

story4 publishers
Coverage

3 more headlines since

first · 1d agolatest · 1d ago
  1. रविमाथि एमाले सांसदले लगाएको आरोप रेकर्डबाट हटाउन सभामुखको निर्देशन

    काठमाडौं । सभामुख डिपी अर्यालले एमालेकी सांसद गंगादेवी श्रेष्ठको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेको निर्देशनमा सर्वोच्चमा आगो लगाइएको गम्भीर आरोप लगाएकी थिइन्। सभामुखले सांसद श्रेष्ठले सदनमा बोलेको जेनजी आन्दोलन अगाडि भन्ने शब्ददेखि ती फाइलहरूसम्म भन्ने वाक्य हटाउन निर्देशन दिएका हुन्। सांसद श्रेष्ठले सभापति […]

  2. एमाले संसद्ले ‘रविले अदालतको फाइल जलाउने आदेश दिए’ भनेपछि.....

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अदालतका फाइल जलाउन निर्देशन दिएको आरोप लागेपछि सोमबारको प्रतिनिधि सभा बैठकमा केहीबेर तनाव उत्पन्न भयो।...

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  3. रविको निर्देशनमा सर्वोच्चमा आगो लगाइएको एमाले सांसदको आरोप, रास्वपाको नियमापत्ति

    नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा आगो लगाउन निर्देशन दिएको आरोप लगाएकी छन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.