सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन
काठमाडौँ- प्रतिनिधिसभाले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी सम्झौता अनुमोदन गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको उक्त सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। बैठकले प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको हो। सम्झौतामाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री […]

