
भारतीय गाडी समात्दा एसपीलाई भन्सार अधिकृतको धम्कीपूर्ण फोन- सीधै गृहमन्त्रीलाई हान्छु !
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीलाई कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टले फोन गरेर धम्कीपूर्ण भाषा प्रयोग गर्दै थर्काएका हुन् । सशस्त्रले रोकेको गाडी तत्काल नछोडेको खण्डमा उनले गृहमन्त्रीदेखि आइजीपीसम्मलाई 'फोन लगाउने' उनले बताएका छन् ।

