Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 28 Septlast: 29 Sept

धनकुटाको चौबिसेमा तास खेलिरहेका १२ जना पक्राउ

धनकुटाको चौबिसे गाउँपालिका–२ डाँडागाउँस्थित दीपक सारु मगरको घरमा मंगलबार बिहान तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार उनीहरूबाट २ लाख ३६ हजार २५० रुपैयाँ नगद र २१ बुक तास बरामद भएको छ । यसअघि धनकुटा नगरपालिका–१ हिलेस्थित सिताराम श्रेष्ठको पाँचतले घरको अन्डरग्राउन्ड कोठामा तास खेलेको आरोपमा श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

2 publishers · 3 headlines · developing over 1 day
Broke firstOnlineKhabar logoOnlineKhabar

धनकुटामा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

१२ असोज, धनकुटा । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार धनकुटा नगरपालिका–१, हिलेस्थित सिताराम श्रेष्ठको पाँचतले घरको अन्डरग्राउन्ड कोठामा तास खेलिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले तास खेलिरहेको अवस्थामा आठ जनालाई […]

Coverage

2 more headlines since

first · 28 Septlatest · 29 Sept
  1. तास खेलिरहेको अवस्थामा नगदसहित १२ जना पक्राउ

    पाख्रीबास समाचारदातापाख्रीबास (धनकुटा), असोज १३ गते । धनकुटाको चौबिसे गाउँपालिका–२ डाँडागाउँमा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । डाँडागाउँस्थित दीपक सारु म...

  2. धनकुटामा तास खेलिरहेका १२ जना २ लाख ३६ हजार नगदसहित पक्राउ

    १३ असोज, धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट नगद २ लाख ३६ हजार २५० रुपैयाँ तथा २१ बुक तास बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंगलबार बिहान चौबिसे गाउँपालिका वडा नं. २ डाँडागाउँस्थित दीपक सारु मगरको घरमा तास खेल भइरहेको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.