Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 29 Septlast: 29 Sept

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने गणेश, भैरव र कुमारीको रथ

काठमाडौंमा इन्द्रजात्राको अन्तिम दिन मंगलबार महिलाहरूले गणेश, भैरव र कुमारीको रथ तानेका छन्। बाजागाजासहित रथलाई प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक र मखन हुँदै परिक्रमा गराई पुनः वसन्तपुर ल्याइएको थियो। रथ वसन्तपुर फर्किएपछि इन्द्रध्वजा ढाल्ने विधि गरिन्छ। आठौँ तथा अन्तिम दिनको यो विधिसँगै इन्द्रजात्रा समापन भएको छ।

3 publishers · 4 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

महिलाले ताने गणेश, भैरव र कुमारीको रथ, लिङ्गो ढालेसँगै इन्द्रजात्रा समापन (तस्बिरहरू)

काठमाडौँ। इन्द्रजात्राको अन्तिम दिन मंगलबार महिलाहरूले गणेश, भैरव र कुमारीको रथ तानेका छन्। इन्द्रजात्राको आठौँ तथा अन्तिम दिन जीवित देवी–देवताका रूपमा पुजिने गणेश, भैरव र कुमारीको रथ महिलाहरूले तानेका हुन्। बाजागाजासहित रथलाई परिक्रमा गराइएको थियो। अन्तिम

story4 publishers
Coverage

3 more headlines since

first · 29 Septlatest · 29 Sept
  1. महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

    काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्रा मङ्गलबार ‘नानिचाः याः’ अन्तर्गत महिलाहरूले मात्र जीवित देवी श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ तानेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ। जात्राको अन्तिम दिन वसन्तपुरबाट शुरु भएको रथयात्रा नरदेवी, भेडासिङ, किलागल, इन्द्रचोक र मखन हुँदै पुनः वसन्तपुर पुर्‍याइएको थियो। राणाकालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले किलागल टोलमा […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
  2. सकियो ८ दिन लामो इन्द्रजात्रा (तस्वीरहरू)

    १३ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा मनाइने ८ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्रा सम्पन्न भएको छ । मङ्गलबार ‘नानिचा: या:’ अन्तर्गत महिलाहरूले मात्र जीवित देवी श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ तानेसँगै विधिवत् रूपमा सम्पन्न भएको हो । जात्राको अन्तिम दिन वसन्तपुरबाट शुरु भएको रथयात्रा नरदेवी, भेडासिङ, किलागल, इन्द्रचोक र मखन हुँदै पुन: वसन्तपुर […]

  3. इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

    काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र कुमारीको रथ तानेका छन् । बाजागाजासहित रथलाई परिक्रमा गराइएको थियो । अन्तिम दिन मनाइने ‘नानीचा याः’ अन्तर्गत वसन्तपुरबाट प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक र मखन हुँदै रथलाई पुनः वसन्तपुर ल्याइएको छ । रथ वसन्तपुर फर्किएपछि इन्द्रजात्राको मुख्य विधिमध्ये एक इन्द्रध्वजा फहराइएको लिङ्गो ढाल्ने विधि गरिन्छ […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.