Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

सर्वोच्चमा चार न्यायाधीश सिफारिसप्रति न्याय परिषद्का दुई सदस्यको असहमति

सर्वोच्च अदालतमा नियुक्तिका लागि चार जना न्यायाधीशको सिफारिसप्रति न्याय परिषद्भित्र तीव्र असहमति देखिएको छ। वरिष्ठतम न्यायाधीश तथा परिषद् सदस्य सपना प्रधान मल्लले चारै जनाको सिफारिसप्रति प्रक्रियागत असहमति जनाउँदै मंगलबारको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेकी छन्। अर्का सदस्य महेश नेपालले भने सिफारिस गरिएकामध्ये तेस्रो र चौथो नम्बरका दुई जनाको नाममा मात्र असहमति दर्ता गराएका छन्। स्रोतका अनुसार वरिष्ठता मिचेर सिफारिस गरिएको हो।

2 publishers · 3 headlines · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

न्यायाधीश सिफारिसमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको फरक मत

न्यायपरिषद्का ती सदस्यका अनुसार, न्यायाधीश प्रधानले चारवटा आधार देखाएर फरक मत राखेकी थिइन् ।

Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. न्याय परिषद् बैठकमा देखियो टकराव, न्यायाधीश सिफारिसमा दुई सदस्यले किन राखे फरक मत ?

    न्याय परिषद्ले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेका चार जना न्यायाधीशको विषयलाई लिएर परिषद्‍‍भित्र तीव्र असहमति प्रकट भएको छ।परिषद् सचिवालय स्रोतका अनुसार वरिष्ठतम न्यायाधीश तथा परिषद् सदस्य सपना प्रधान मल्लले चारै जनाको सिफारिसप्रति प्रक्रियागत असहमति जनाउँदै मंगलबारको परिषद् बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेकी छन्।अर्का सदस्य महेश नेपालले भने सिफारिस गरिएकामध्ये पछाडिका दुई जना (तेस्रो र चौथो नम्बरका) नाममा मात्र असहमति दर्ता गराएका हुन्।स्रोतका अनुसार न्याय परिषद

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. वरिष्ठता मिचेर सर्वोच्चमा चार न्यायाधीशको सिफारिस, न्यायपरिषद्का दुई सदस्यको विमति

    सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले चार न्यायाधीश सिफारिसमा असहमतिसहित फरक राय लेखेकी छन् । न्यायपरिषद् सदस्य महेश नेपालले पनि चार मध्ये दुई न्यायाधीशको सिफारिसमा विमति राखेका छन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.