तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेका लामिछाने तारेखका लागि शुक्रबार दिउँसो बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम गोर्खा मिडियामा लिएर अपचलन गरेको मुद्दामा लामिछानेसँग काठमाडौं जिल्ला अदालतले २०८१ माग २ गते ६० लाख रुपैयाँ धरौटी मागेको थियो । उनले त्यसैदिन धरौटी बुझाएका थिए ।त्यसअघि कास्की जिल्ला अदालतले लामिछानेसँग ६५ लाख धरौटी मागेको थियो ।
