Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 5h agolast: 3h ago

आधारभूत सेयर बिक्रीमा पूर्वसूचना दिनुपर्ने सीमा १५ प्रतिशत पुर्‍याइयो

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले सेयर बिक्री गर्दा पूर्वसूचना दिनुपर्ने सम्बन्धी निर्देशनमा संशोधन गरेको छ। संशोधित व्यवस्थाअनुसार अब आधारभूत सेयरधनीले १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपरेमा मात्र ५ कारोबार दिन अगावै सूचना दिनुपर्नेछ। यसअघि भदौ ९ गते जारी निर्देशनमा ५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्दा १५ दिनअघि नै सूचना दिनुपर्ने व्यवस्था थियो। बोर्डले शुक्रबार सोही निर्देशन परिमार्जन गरेको हो।

3 publishers · 3 headlines · 3 in 24h · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

आधारभूत सेयरधनीलाई १५ प्रतिशतभन्दा बढी सेयर बेच्दा पूर्वसूचना अनिवार्य

२३ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आधारभूत सेयरधनीले सेयर बिक्री गर्दा पूर्वसूचना दिनुपर्ने सीमा बढाएको छ । बोर्डले यसअघि कायम रहेको ५ प्रतिशतको सीमालाई बढाएर १५ प्रतिशत पुर्‍याएको हो । धितोपत्र बोर्डले धितोपत्र बजारमा सूचीकृत कम्पनीका संस्थापक तथा आधारभूत सेयरधनीले ५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्दा १५ दिनअघि नै सूचना दिनुपर्ने व्यवस्था गरेको थियो […]

Coverage

2 more headlines since

first · 5h agolatest · 3h ago
  1. आधारभूत सेयर धनीको सेयर बिक्रीसम्बन्धी निर्देशनमा संशोधन, सूचना सार्वजनिकमा १५ प्रतिशतको सीमा

    काठमाडौं। नेपाल धिताेपत्र बोर्ड (सेबाेन) ले कम्पनीका आधारभूत सेयर धनीले सेयर बिक्री गर्नुअघि सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्थामा संशोधन गरेको छ। सेबाेनले शुक्रबार यसअघिको निर्देशन संशोधन गर्दै कम्पनीले आइपीओ निष्कासन गर्दा कायम आधारभूत सेयर धनीले १५ प्रतिशत बढी सेयर बिक्री गर्ने भए ५ दिन अघि सूचना सार्वजनिक गर्न भनेको हो। `नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भई […] The post आधारभूत सेयर धनीको सेयर बिक्रीसम्बन्धी निर्देशनमा संशोधन, सूचना सार्वजनिकमा १५ प्रतिशतको सीमा appeared first on BIZMANDU.

    BizmanduPrivatecontent3 publishers
  2. सेयर बेच्दा पूर्वसूचना दिनुपर्ने व्यवस्था खुकुलो, के-के भयो संशोधन ?

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीहरूले सेयर बिक्री गर्दा पूर्वजानकारी दिनुपर्ने सम्बन्धी यसअघिको निर्देशनमा संशोधन गरेको छ । नयाँ व्यवस्थाअनुसार अब आधारभूत सेयरधनीले आफूसँग रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपरेमा मात्र ५ कारोबार दिन अगावै सूचना दिनुपर्नेछ । बोर्डले भदौ ९ गते जारी गरेको निर्देशनलाई परिमार्जन गर्दै सम्पूर्ण सूचीकृत […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.