
राजनीतिक इतिहासलाई अब आर्थिक समुन्नतिको नेतृत्वमा रूपान्तरण गर्नुछ: उपसभापति चौधरी
काठमाडौँ – नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले पार्टीको गौरवशाली राजनीतिक इतिहासलाई अब आर्थिक समुन्नतिको नेतृत्वमा रूपान्तरण गर्नुपर्ने बताएका छन् । उपसभापतिमा निर्वाचित भएपछि महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । चौधरीले युवाका सपना, नागरिकका अपेक्षा र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर समयको मागअनुरूपको सशक्त, गतिशील र जनउत्तरदायी कांग्रेस निर्माण […]
