नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट
नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रालिबीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका स.प्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित परिवार तथा सदस्यले अस्पतालको बिल र परीक्षण सेवामा २० प्रतिशत तथा शल्यक्रिया कक्ष (ओटी) र फार्मेसीको बिलमा १० प्रतिशत छुट पाउनेछन् । बा
