
टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारसम्बन्धी अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिए । दुवै विमानस्थलको हालै निरीक्षण तथा अवलोकन भ्रमण गरेका मन्त्री पौडेलले आज मन्त्रालयमा क्यानका पदाधिकारीसँग छलफल गरी आवश्यक अध्ययन प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् […]

