एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ
बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८ टिटिरियाका २८ वर्षीय सन्दीप चौधरी रहेका छन् ।प्रहरीका अनुसार बुधबार बिहान ५:३० बजे सोही स्थानका २९ वर्षीय श्यामकुमार थारूको किराना पसलको आँगनमा चौधरी र थारूबीच विवाद भएको थियो । विवादका क्रममा मादक पदार्थ सेवन गरेका चौधरीले आफूसँग रहेको एयर पेस्तोल देखाउँदै थारूलाई मार्ने धम्की दिएको सूचना प्रहरीले प्राप्त गरेको थियो ।सूचना प्रा
