युरोपमा ‘अरब स्प्रिङ’को चर्चा– ९ देशमा एकसाथ किन सडकमा ओर्लिए लाखौँ युवा ?
फ्रान्स र इटलीदेखि अल्बानियासम्मका ९ वटा युरोपीय देशहरूमा अहिले ठूलो जनआक्रोश देखिएको छ। विभिन्न सहरका सडकहरूमा भइरहेका प्रदर्शनले हिंस्रक रूप लिन थालेपछि यसको तुलना सन् २०१० को अन्त्यतिर मध्य पूर्वमा तानाशाही सत्ता ढालेको ‘अरब स्प्रिंग’ सँग हुन थालेको छ।अहिले फ्रान्स, इटली, बेल्जियम, स्पेन, पुर्तगाल, अल्बानिया, जर्मनी, ऑस्ट्रिया र ग्रीसका युवा तथा नागरिकहरू सडकमा ओर्लिएका छन्। अल्बानियामा त प्रदर्शनकारीहरूले सरकारी कार्यालयहरूलाई नै निशाना बनाउँदै सत्ता नै परिवर्तन हुनेखालका गम्भीर
