
कोशीमा लाइसेन्सका लागि निरोगिताको प्रमाणपत्र लिन नयाँ व्यवस्था, ३५० रुपैयाँ राजश्व थपिने
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी चालक अनुमति पत्रका लागि आवश्यक पर्ने निरोगिताको प्रमाण पत्र लिन नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ । नयाँ व्यवस्था लागू भएसँगै निरोगिताको प्रमाण पत्र लिन सेवाग्राहीले अहिलेको भन्दा थप ३५० रुपैयाँ राजश्व तिर्नु पर्ने छ ।
