
भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै
काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रमा भएको नोक्सानीको मूल्याङ्कन भइरहेको जनाएको छ । सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले भोटेकोशी बाढीका कारण भएको नोक्सानीको ४–५ वटा शीर्षकमा वर्गीकरण गरेर मूल्याङ्कन भइरहेको जानकारी […]
