
सेनाको हवाई सेवाले दुई लाख घण्टा कटायो, गौचर व्यारेकका विशेष कार्यक्रम
काठमाडौँ । सैनिक हवाई सेवाले दुई लाखभन्दा बढी उडान घण्टा पूरा गरेको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले गौचर व्यारेकमा निर्माण गरिएको शिलालेख अनावरण गरेका छन् । उक्त अवसरमा सिग्देलले ‘सैनिक हवाई सेवा विगतदेखि वर्तमानसम्म’ नामक पुस्तक समेत विमोचन गरेको जङ्गी अड्डाले जनाएको छ । सैनिक हवाई सेवा २०२२ सालमा स्थापना भएको हो । […]

