आगामी बजेटका लागि अर्थमन्त्री र विषयगत मन्त्रालयबीच छलफल, सीमा र बाध्यता बुझिदिन डा वाग्लेको आग्रह
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका सम्बन्धमा अर्थ मन्त्रालयमा सोमबार अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरूबीच छलफल भएको छ । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको अध्यक्षतामा भएको सो छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरू र प्रधानमन्त्रीका प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकालको समेत सहभागिता थियो ।छलफलमा अर्थसचिव डा. घनश्याम उपाध्यायले बजेट कार्यान्वयनलाई सहज बनाउन अर्थ मन्त्रालयले रकमान्तरको अधिकार विषयगत मन्त्रालयलाई नै दिने गरी सहजीकरण गरेको जानकारी
