Skip to content
kchakhabarehकेछखबर
Feed · deep dive

Every headline, as it lands

71 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय निर्वाचन समितिका […]

Yesterday

21

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादका २३ वर्षीय भावर्सिङ र सोही राज्यको अहमदाबादस्थित ओर्किड एप्पलवुड्स टाउनसिपका ३३ वर्षीय वन्दित पटेल रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक […]

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी समय वायुयान र हेलिकप्टर उडाएर नभसुरक्षामा पनि उल्लेखनीय कार्य गर्दै आएको छ । दुई लाख घण्टा विमान उडान पूरा गरेको अवसरमा प्रधान सेनापति अशोक राज सिग्देलले गौचर ब्यारेकमा स्थापना गरिएको शिलालेख आज अनावरण गरेका छन् । त्यस अवसरमा ‘सैनिक हवाई सेवा विगतदेखि वर्तमानसम्म’ पुस्तक विमोचन […]

Khabarhub logoKhabarhubPrivate3 publishers

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले चालु आर्थिक वर्ष २०८३/८४ का लागि पाँच करोड ४० लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ। महासमितिले स्वीकृत गरेको बजेटमध्ये ३९ प्रतिशत रकम स्वयम्भू तथा आसपासका क्षेत्रको पूर्वाधार विकास र संरक्षणमा तथा ६१ प्रतिशत प्रशासनिक खर्चका लागि छुट्याइएको छ। उक्त बजेट […]

Khabarhub logoKhabarhubPrivate2 publishers

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा बुधबार भएको भेटका क्रममा द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको छ । भेटका क्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा स्विस सरकारले पुर्‍याउँदै आएको दीर्घकालीन सहयोगका लागि धन्यवाद […]

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमन २४ प्रतिशतले बढेको छ । लुम्बिनी केबलकार लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीको २३औँ वार्षिक साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटकको सङ्ख्या २४ प्रतिशतले वृद्धि भएको जानकारी दिएका हुन् । उनका […]

Khabarhub logoKhabarhubPrivate3 publishers

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा छलफल भएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा मंगलबार भएको छलफलमा नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा चर्चा गरिएको हो । छलफलमा मन्त्रालयका सहसचिव मोनिका झा, वनस्पति विभागका महानिर्देशक डा. सञ्जीवकुमार राई, विभागका वरिष्ठ वैज्ञानिक अधिकृत तथा मन्त्रालयका पदाधिकारीहरूको सहभागिता […]

Khabarhub logoKhabarhubPrivate2 publishers

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा मतदान अधिकार माग्दै कुलमानले बुझाए आयोगमा ज्ञापनपत्र

काठमाडौं– उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ । बुधबार कुलमान घिसिङज्यूको नेतृत्वको टोलीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न माग […]

Khabarhub logoKhabarhubPrivate7 publishers

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा) ले छिमेकी मुलुकलाई गाली गरेर मात्रै नेपाली राष्ट्रियता बलियो नहुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा सांसद खरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा गएर सद्भाव र मित्रभाव मात्र प्रकट गरेको स्पष्ट पार्दै छिमेकी मुलुकलाई गाली गरेर मात्रै नेपाली राष्ट्रियता बलियो नहुने बताए […]

Khabarhub logoKhabarhubPrivate2 publishers

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति आत्मसमर्पणवादी भएको आरोप लगाएका छन् । बुधबार रिपोटर्स क्लवले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता पोखरेलले रास्वपा र सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठाउँदै अर्थमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति आत्मसमर्पणवादी भएको आरोप लगाएका हुन् । उनले भारतसँगको सीमा समस्या, डुबान र असमान […]

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण तथा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यका साथ १०औँ द्विपक्षीय समन्वय बैठक प्रारम्भ भएको छ । उक्त बैठकमा दुवै देशका सीमा सुरक्षा निकायलगायत प्रतिनिधिको सहभागिता रहेको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र […]

Khabarhub logoKhabarhubPrivate8 publishers

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले शिष्टाचार भेट गरेकी छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन् । भेटवार्ता मा नेपाल–फ्रान्सबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो। सो अवसरमा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान […]

Khabarhub logoKhabarhubPrivate8 publishers

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न तथा वैदेशिक रोजगारी र विभिन्न सिलसिलामा प्रवासमा रहेका नेपाली नागरिकहरूको मतदान अधिकार सुनिश्चित गर्न माग गरेको छ। सोही मागसहित पार्टीले आज अपराह्न निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा आज ४:३० बजे कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पुगी आयोगका […]

Khabarhub logoKhabarhubPrivate7 publishers

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत जोखिममा रहेका समुदायको अधिकार संरक्षण, सुरक्षा र न्यायमा पहुँच अभिवृद्धिका विषयमा छलफल भएको थियो । विशेषगरी […]

Khabarhub logoKhabarhubPrivate6 publishers

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि बन्द रहेको एन्फाको ताला खोलेका छन् । ठप्प रहेको फुटबल क्षेत्रलाई पुनः चलायनमान बनाउन भन्दै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यहरूले सातदोवाटोस्थीत एन्फाको ताला खोलेका हुन् । साथै उनीहरूले आगामी कार्तिक १३ गते एन्फा कार्यसमितिको बैठक बस्ने समेत जनाएका छन् । एन्फाको विधान […]

Khabarhub logoKhabarhubPrivate9 publishers

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल खेल्ने भएका छन्। तीस वर्षीय रत्नायके बायाँहाते ब्याटर हुन् । उनी दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्छन् । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन्। रत्नायकेले श्रीलंकाका लागि चार […]

Khabarhub logoKhabarhubPrivate7 publishers

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा अपराध कर्ममा संलग्न ९२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत २४ घण्टामा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले सार्वजनिकस्थल, यातायातका साधन, […]

राजनीतिक जिम्मेवारी लिएका तीन कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौँ– राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही गर्न सिफारिस गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा परेको उजुरीका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयमा कारबाहीका लागि सिफारिस गरिएको हो । रास्वपा सचिवालयका अनुसार तीनै जना कर्मचारी काठमाडौंका हुन् । तर, उनीहरू कार्यरत संस्थान र नाम भने सार्वजनिक गरिएको छैन […]

Khabarhub logoKhabarhubPrivate2 publishers

अब काठमाडौं उपत्यकाबाटै सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

काठमाडौं– अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृह मन्त्रालयको परिपत्रअनुसार अन्य जिल्लाबाट नागरिकता लिएका नागरिकलाई पनि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकताको प्रतिलिपि उपलब्ध गराउने व्यवस्था गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको सूचनाअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका […]

Khabarhub logoKhabarhubPrivate6 publishers

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमनलाई व्यवस्थित बनाउने तथा ट्राफिक […]

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन पथप्रदर्शक, पदयात्री र पर्यटकलाई आग्रह गरेको छ । टानले एक सूचना जारी गरी बङ्गालको खाडीमा विकसित भएको ‘अर्नव चक्रवात’का कारण नेपालमा पर्न सक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन सदस्य कम्पनी, पदयात्री तथा पर्यटकलाई आग्रह गरेको हो । […]

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदातालाई विशेष आग्रह गरेको छ । बडादसैँको बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू कमभएका र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकाले नेपाल रेडक्रसले आम रक्तदानका लागि विशेष अनुरोध गरेको हो । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका […]

Older

49

आजका समाचार : एनपीएलका खेल जारी, चितवनको विजयी सुरुवात, ऊर्जामन्त्री बैंकक उडे, सप्तकोशी बोट दुर्घटना अध्ययन गर्न समिति गठन र इजरायलमा आमनिर्वाचन

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । लिगको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो । जितका लागि चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगर किंग्स १९ ओभर ३ बलमा १ सय ४९ रनमा समेटियो । […]

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलंकी क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा […]

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले पुराना पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्ँतरण गर्ने उद्देश्यका साथ काठमाडौं फिल्म फेस्टिभल आयोजना गरिएको जनाएको हो । फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगका दिग्गज हस्ती अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमी, फिल्म […]

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले साइप्रसमा रहेका नेपालीका बारेमा चासो व्यक्त गरेका थिए । […]

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को एउटा निर्णयले नेपाली फ्रेन्चाइज टोलीलाई अप्ठ्यारोमा पारेको छ। प्रतियोगितामा सहभागी हुन नेपालका विभिन्न टोलीसँग अनुबन्ध भएका पाकिस्तानी खेलाडीको नो अब्जेक्सन लेटर (एनओसी) लाई लिएर पीसीबीले अतिरिक्त रकम मागेपछि उनीहरूको सहभागितामा समस्या उत्पन्न भएको छ । प्रतियोगिता सुरु भएपछि पीसीबीले आफ्ना प्रत्येक खेलाडीका […]

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका विद्वानहरूलाई नचिन्ने प्रवृत्ति रहेको बताएका छन् । मङ्गलवार काठमाडौँमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गर्दै अध्यक्ष ओलीले नेपालीहरूमा आफ्ना देशका विद्वानहरूलाई धेरै नचिन्ने वा विद्वान नठान्ने प्रवृत्ति रहेको बताएका हुन् । उनले स्वदेशी विद्वानहरूले जतिसुकै तर्कपूर्ण र तथ्यपूर्ण लेखेको भए तापनि आफ्ना ग्रन्थहरूमा […]

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारसँग बाढी प्रभावित ४९ वडामा भएको क्षति र राहत वितरणको विस्तृत विवरण माग गरेको छ । समितिका सभापति कृष्णप्रसाद पौडेलले प्रभावित पालिका र वडास्तरमा वितरण गरिएको राहत र क्षतिको विवरण विना संसदीय अनुगमन प्रभावकारी नहुने भएकाले विस्तृत विवरण माग गरिएको […]

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो । जितका लागि चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगर किंग्स १९ ओभर ३ बलमा १ सय ४९ रनमा समेटियो । विराटनगरका लागि ओपनर इमरान शेखले ३९ […]

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका छैनन् । पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका कारण सोचेअनुसार स्याउ बिक्री हुन नसकेको हो । केही महिनादेखि पोखरा-काठमाडौँ लगायतका फलफूल बिक्रेताको गोदाममा मुस्ताङको स्याउ थुप्रिएका छन् । स्याउ खपत हुने मुख्य समयमा सडक अवरुद्ध भएकाले मुस्ताङको स्याउ जिल्लामै रोकिएको […]

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । लिगको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो । जितका लागि चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगर किंग्स १९ ओभर ३ बलमा १ सय ४९ रनमा समेटियो । विराटनगरका लागि ओपनर इमरान शेखले […]

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ?

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले […]

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष र डा. शेखर कोइराला–पूर्णबहादुर खड्का पक्ष गरी तीन धारमा विभाजित छ । हालै सम्पन्न १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा चुनिएका छन् । अर्कोतर्फ पूर्वसभापति देउवा पक्षले चाहिँ २१ मंसिरमा महाधिवेशन गर्ने तयारी गरिरहेको छ भने शेखर कोइराला पक्ष भने अन्यौलमा देखिन्छ । आगामी अदालतमा […]

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तिहार र छठ पर्वलाई लक्षित गर्दै कार्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा १९ औ संस्करणको रुपमा गोदावरी फूलको प्रदर्शनी आयोजना गरिएको जनाएको हो । गोदावरी फूलको […]

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार तथा अध्ययनरत नेपाली विद्यार्थीका सवालमा छलफल भएको छ । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा मङ्गलबार भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हितका विषयमा छलफल भएको […]

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ नको चुनौती दिएको छ । चितवनले तीन विकेटको क्षतिमा १५७ रन बनाएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले टस जितेर बलिङ रोजेपछि चितवन राइनोजले पहिले ब्याटिङ गरेको हो। चितवनका लागि डेबिड मलानले सर्वाधिक ७० रन बनाए […]

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ नको चुनौती दिएको छ । चितवनले तीन विकेटको क्षतिमा १५७ रन बनाएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले टस जितेर बलिङ रोजेपछि चितवन राइनोजले पहिले ब्याटिङ गरेको हो। चितवनका लागि डेबिड मलानले सर्वाधिक ७० रन […]

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएको २४ घण्टामा काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये ६० पुरुष र १४ जना महिला छन […]

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले टस जितेर बलिङ रोजेपछि चितवन राइनोजले पहिले ब्याटिङ गर्दैछ । सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलिया जस्ता […]

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभागको सक्रियता, फरार आरोपितलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ– वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएर पनि हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ। विभागबाट जारी सूचनामा वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई पक्राउ पुर्जी जारी गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआए प्रचलित कानुनबमोजिम यात्रा अनुमति तथा […]

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । यही कात्तिक ९ गते बसेको बैंकको सञ्चालक समिति बैठकको निर्णयअनुसार हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय भएको हो । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण गरिने बैंकले जनाएको छ।

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजबाट मैदानमा उत्रने भएका छन् । एनपीएलअन्तर्गत आज चितवन राइनोज र विराटनगर किङ्ग्स मध्याह्न आमनेसामने हुँदैछन् । चितवन राइनोजले आज आक्रमक तथा स्थिर ब्याटिङका लागि सुरपरिचत मलानलाई पुनः टोलीमा आबद्ध गरेको चितवन […]

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३–८४ मा तीन करोड ५० लाख अनुदान उपलब्ध गराउने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले यथार्थपरक, मौलिक तथा जनचेतनामूलक चलचित्र निर्माणका लागि स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा प्रोत्साहन अनुदान उपलब्ध गराउन आवेदन आह्वान गरेको हो । मन्त्रालयले आज […]

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् । यसअघि सोमबार भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । पहिलो दिन एकमात्र खेल भएको एनपीएलमा आज भने दुई खेल हुन लागेका हुन् । एनपीएलमा आज बिहान चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ जनकपुर बोल्ट्स र कर्णाली याक्स […]

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना अवैध रूपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट प्रहरीले बरामद गरेको छ । विमानस्थलको अन्तरराष्ट्रिय उडानतर्फ रहेको कार्गो कम्प्लेक्स भवनको ‘ए साइड’ मा जडान गरिएको एक्सरे मेसिनबाट कार्गो सामान स्क्रिनिङ गर्ने क्रममा शङ्कास्पद अवस्थामा उक्त परिमाणको चुरोट फेला परेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल […]

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका एक […]

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्रिकेटको रौनक देखिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदा मैदानमा खेलाडीको प्रतिस्पर्धासँगै दर्शकको उत्साह पनि देखिएको हो । सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुआत […]

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई आत्मनिर्भर र नाफामूलक संस्था बनाउने योजनासहित पाँचवर्षे रणनीतिक योजना अघि बढाएको बताएका छन् । सूचना तथा सञ्चार मन्त्रालयमा आज नियुक्तिपत्र बुझेपछि मन्तव्य व्यक्त गर्दै उनले बोर्डमा प्रशासनिक सुधार, कार्यवातावरण निर्माण र संस्थाको आर्थिक दिगोपनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आफूसँग चलचित्र सम्बन्धित […]

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले जित हासिल गरेको छ । साविक विजेता समेत रहेको लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर भेट्टायो । लुम्बिनीको जितमा आशिफ शेखले ३२ रन बनाए […]