छैटौंबाट दोस्रो स्थानको यात्रा तय गरेको विराटनगर किङ्स अब्बल प्रदर्शनसहित उपाधि चुम्ने दाउमा
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण यही कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।आयोजक नेपाल क्रिकेट संघ (क्यान) र सहभागी टोली तेस्रो संस्करणको अन्तिम तयारीमा व्यस्त छन् । क्यानले तेस्रो संस्करणको खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ ।यसपटक पनि विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमान्डु गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी हुँदैछन् ।विराटनगर किङ्सले सन् २०२४ मा आयोजित पहिलो संस्करणदेखि नै एनप


