Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 9h agolast: 3h ago

चुनावी पराजयपछि जिम्मेवारी लिनुपर्छ : विष्णु पौडेल

CPN-UML's Poudel Calls for Accountability After Election Defeat

TopicsCPN (UML)
5publishers
8headlines
8in last 24h
Span: 6 hoursNE onlyUpdated 3h ago
What multiple outlets are saying

नेपाली

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको पछिल्लो चुनावी पराजयको जिम्मेवारी नेतृत्वले स्वयं लिनुपर्ने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा उनले पार्टीको नीति, नेतृत्व र कार्यशैलीमा निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिए। पौडेलले पार्टीको असफलतामा आफ्नै गल्ती र कमजोरीको निर्णायक भूमिका रहेको स्वीकार गर्दै आचरण र नीति परिवर्तन गरेर अघि बढ्नुपर्ने बताए।

English

CPN-UML Vice-Chairman Bishnu Poudel has called on the party leadership to accept responsibility for its recent election defeat, just as it took credit for past successes. Speaking on the occasion of the 77th founding anniversary of the Nepal Communist Party, Poudel said the party must conduct a thorough review of its policies, leadership, and conduct, and acknowledged that the party's own mistakes and weaknesses were decisive factors in the loss.

Broke on K cha khabarSetopati logoSetopati

उपलब्धीको जस लिए जस्तै पराजय र क्षतिको पनि जिम्मेवारी लिनुपर्छ– विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले समयको निर्देश अनुरूप समग्र पार्टीलाई पुनर्गठन गर्न र नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अगाडी बढाउन जरूरी रहेको बताएका छन्।

politics8 publishers
Coverage

7 more headlines since

    1. चुनावमा धक्का खायौं, अब आचरण सुधारेर जनतामा जान्छौं– विष्णु पौडेल

      नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले चुनावमा गम्भीर धक्का खाएको भन्दै अब विचार, संगठन, आचरण, कार्यशैली सबै हिसाबले रुपान्तरित भएर जनतामा जाने बताएका छन्।

      Setopati logoSetopatiPrivatepolitics8 publishers
    2. एमाले आत्मालोचित हुँदै रुपान्तरण अभियानमा जुट्छ: विष्णु पौडेल

      नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले आत्मालोचित हुँदै रुपान्तरण अभियानमा जुट्ने बताएका छन् ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers
    3. चुनावमा नराम्रो धक्का खायौं, अब आचरण र नीति परिवर्तन गरेर जानुपर्छ : विष्णु पौडेल

      नेकपा एमालेका नेता विष्णु पौडेलले पार्टीले चुनावमा भोगेको पराजय ठूलो धक्का भएको बताएका छन्

    4. गल्ती स्वीकार गरेर अघि बढ्ने संकल्प गरौँ : उपाध्यक्ष पौडेल

      पौडेलले पार्टीको यो अवस्था आउनुमा आफ्नै गल्ती र कमजोरी निर्णायक रहेको समेत स्पष्ट पारेका छन्। उनले थपेका छन्, ‘हिजोको सफलतामा हाम्रो योगदान र योग्यताको निर्णायक भूमिका थियो र आजको असफलता र पराजयमा पनि हाम्रै गल्ती, कमजोरी र अयोग्यताको निर्णायक भूमिका छ।’...

      Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers
    5. सफलताको जस लिएजस्तै पराजय र क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल

      ९ वैशाख, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको पछिल्लो पराजय र क्षतिका लागि नेतृत्व स्वयं जिम्मेवार हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा जारी वक्तव्यमा उनले विगतको सफलताजस्तै असफलताको जिम्मेवारी पनि नेतृत्वले लिनुपर्ने स्पष्ट पारेका हुन् । पौडेलले कम्युनिस्ट आन्दोलनले स्थापना कालदेखि लोकतान्त्रिक शासन, सामाजिक न्याय र समाजवादको लक्ष्यसहित […]

    6. सफलताको जस लिएजसरी नै पराजय र क्षतिको पनि जिम्मेवारी लिन जरूरी छ : पौडेल

      नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पार्टीको पछिल्लो चुनावी पराजयलाई स्वीकार गर्दै समग्र नीति, नेतृत्व र कार्यशैलीमा निर्मम समीक्षा गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले विगत एक दशकको घटनाक्रम र विशेष गरी पछिल्लो पटक सरकारको नेतृत्व गर्दादेखि आम निर्वाचन सम्पन्न हुँदासम्मको अवस्थाको वस्तुनिष्ठ र यथार्थपरक समीक्षा गर्नुपर्नेमा जोड दिएका हुन् । पार्टीले विगतमा हासिल गरेका सफलता र उपलब्धिको जस लिएजसरी नै वर्तमानको पर

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    7. विष्णु पौडेल भन्छन्- नेतृत्वले उपलब्धिको जस लिएजस्तै क्षतिको पनि जिम्मेवारी लिनुपर्छ

      काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारको नेतृत्व गरेको पार्टी चुनावमा नराम्रोसँग सडकमा पछारिएको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। पार्टी स्थापना दिवसको अवसरमा शुभकामना दिँदै निर्वाचनमा नेपाली मतदाताको अत्यधिक ठुलो हिस्साले पार्टीलाई अस्वीकार गरेको बताएका छन्। उनले भनेका छन्, ‘हामीले कुनै द्विविधा राख्नु हुँदैन, हिजोको सफलतामा हाम्रो योगदान र योग्यताको निर्णायक भूमिका थियो […]

CPN-UML's Poudel Calls for Accountability After Election Defeat · K cha khabar