
इभी रूपान्तरणको व्यवहारिकता सरकारी सहयोगमा निर्भर रहने नास्ट सेमिनारको निष्कर्ष
ललितपुर। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) ले बुधबार ललितपुरस्थित आफ्नै परिसरमा “नेपालमा इभी रूपान्तरणका सम्भावना, अवसर र चुनौतीहरू” शीर्षकमा एक सेमिनार आयोजना गरेको छ। कार्यक्रममा नीति निर्माता, अटोमोटिभ इन्जिनियर, अनुसन्धानकर्ता तथा उद्योगसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। सेमिनारमा विद्युतीय सवारीसाधन (इभी) रूपान्तरण सम्बन्धी अनुसन्धानको वर्तमान अवस्था तथा आन्तरिक दहन इन्जिन (आईसीई) बाट विद्युतीय प्रणालीमा […]

