फलेवास नगरपालिकाले शुरू गर्यो आमाबा स्वास्थ्य कार्यक्रम
पर्वतको फलेवास नगरपालिकामा आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्धवृद्धाहरूको नियमित स्वास्थ्य परीक्षण गर्ने र उनीहरूलाई विभिन्न रोगव्याधिको सङ्क्रमणबाट मुक्त राख्नका लागि आमाबा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो ।वृद्धवृद्धाहरूको रक्तचाप, मधुमेह, मुटु, मिर्गौला रोगको परीक्षण, रगत, दिशा, पिसाब, खकारलगायतको जाँच, पोषण अवस्थाको लेखाजोखालगायत अन्य रोगको उपचार तथा सल्लाह दिनुका साथै गम्भीर स्वास्थ्य अवस्था देखिएकालाई उपचारका लागि अस्पताल रिफरसमेत
