रूपन्देहीको घमाहा खोलाको पुल भासियो, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह
पूर्व-पश्चिम राजमार्गअन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा पर्ने पुल भासिएको छ ।सैनामैना नगरपालिका–५ मा पर्ने पुल भासिएपछि वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख निशान्त श्रीवास्तवले मंगलबार दिउँसो निर्माणाधीन सडकमा पर्ने पुल भासिएको बताए ।'मर्मतका लागि ३ दिनदेखि एक सातासम्म लाग्छ भन्ने कुरा आएको छ,' डीएसपी श्रीवास्तवले भने, 'विकल्पको रूपमा सैनामैना–४ लुम्बिनी रोडको कुश्मा हुँदै बक्सडाँडा भएर सोही ठाउँको

