फेल भएपछि प्रधानाध्यापकलाई कालोमोसो, एकै परिवारका चार पक्राउ
विद्यालयको शिक्षक परीक्षामा अनुत्तीर्ण भएको विषयलाई लिएर प्रधानाध्यापकलाई कालोमोसो दलेर जुत्ताको माला लगाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।जिल्लाको शिवनाथ गाउँपालिका–४ लोजनीस्थित श्री पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि दुर्व्यवहार गरेको आरोपमा एकै परिवारका चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।पक्राउ पर्नेमा ३० वर्षीया तारा महता, उनका श्रीमान् ४२ वर्षीय प्रेम महता, देवर ३८ वर्षीय मोहन महता र देउरानी ३४ वर्ष
