सदनमा प्रधानमन्त्रीको खोजीपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख
प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता जारी छ ।
प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै बैठक अवरुद्ध गरेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको उक्त भेटमा संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको थियो। विपक्षीले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम माग गर्दै सदन अवरुद्ध पारेपछि सभामुख अर्याल प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन्।
Summary by Jayaman
प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता जारी छ ।
6 more headlines since

काठमाडौं- प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरिरहेपछि सभामुख डोलप्रसाद अर्याल सिंहदरबारभित्रै बसिरहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर फर्किएका छन्। बिहीबार बसेको संसद् बैठकमा पनि उपस्थित नभएका बालेनलाई प्रतिपक्षी दलले खोजेपछि खोज्न सभामुख अर्याल बैठक स्थगित गरेर दुई सय मिटर परको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए। स्रोतका अनुसार जहाँ उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै बसिरहेका शाहलाई भेटेर संसद्मा […]
_D6T5a18V49.jpg)
काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को खोजी गर्दै प्रतिनिधिसभाको बैठक पटकपटक अवरुद्ध गरेपछि सभामुख डीपी अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन्। संसद्मा लगातार गतिरोध उत्पन्न भएपछि बैठक स्थगित गरेर सभामुख अर्याल सिधै प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच संसदको अवरोध खुलाउने विषयमा छलफल भएको छ ।

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर प्रतिनिधि सभामा भएको अवरोधबारे जानकारी गराएका छन्। सभामुखकी प्रमुख स्वकीय सचिव मुना कुँवरले सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई भेटेर संसद् भवनमा फर्किसकेको जानकारी दिइन् । ‘सभामुखज्यू प्रधानमन्त्रीज्यूलाई भेटेर संसद्

काठमाडौँ । सभामुख डोलप्रसाद(डीपी) अर्यालले बिहीबार प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पारेसँगै अर्याल सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बालेन भेट्न पुगेका हुन्। संसद्सँग सम्बन्धित विषयमा प्रधानमन्त्री र
प्रधानमन्त्री बालेन शाह र सभामुख डिपी अर्यालबीच भेटवार्ता भएको छ।