होर्मुज खोल्न इरान–अमेरिका सम्झौता नजिक, ट्रम्पले भने- छिट्टै घोषणा हुन्छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता ‘लगभग अन्तिम चरण’ मा पुगेको बताएका छन् । उक्त सम्झौतामा विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग मानिने होर्मुज जलडमरू पुनः खुलाउने विषय पनि समावेश रहेको उनले जनाएका छन् ।शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले अमेरिका, इरान र अन्य सम्बन्धित देशबीच शान्तिसम्बन्धी समझदारीपत्रमा सहमति नजिक पुगेको उल्लेख गर्दै सम्झौताका अन्तिम प्रावधान र विवरणमाथि छलफल भइरहेको र छिट्टै सार्वजनिक गरिने बताएका हुन् ।उनले साउदी अरेबिया, संयुक्त अरब









