रास्वपा सांसद जगदीश खरेलको विवादास्पद अभिव्यक्तिपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित
मंगलबार बसेको प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ। पर्यटन विधेयकमाथिको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले विपक्षीको विरोधलाई 'तमासा' भनेपछि सदनमा होहल्ला भएको थियो। सांसद खरेलको अपमानजनक अभिव्यक्तिप्रति विपक्षी सांसदहरूले आपत्ति जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्नुभएको हो।
Summary by Jayaman
4 more headlines since

जगदीश खरेलको उत्तेजक अभिव्यक्तिले विपक्षी आक्रोशित
काठमाडौँ । रास्वपा संसद जगदीश खरेलले संसद बैठकमा उत्तेजित अभिव्यक्ति दिएपछि बिपक्षी दलका सांसदहरु थप आक्रोशित भएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोधकाबीच पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफलका क्रममा सांसद खरेलले उत्तेजित
रास्वपा सांसदले विपक्षीलाई होच्याएपछि संसद्मा होहल्ला, १५ मिनेटका लागि बैठक स्थगित
रास्वपा सांसद जगदीश खरेलले विपक्षीलाई होच्याएर बोलेको भन्दै विपक्षी दलले संसद्मा होहल्ला गरेका छन् । विपक्षीको होहल्लापछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।विपक्षी दलको अवरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले पर्यटन विधेयकमाथिको सैद्धान्तिक छलफल अगाडि बढाएका थिए । मंगलबारको बैठकमा रास्वपा सांसदले विपक्षी दललाई होच्याएर अभिव्यक्ति दिएपछि विपक्षी दल आक्रोशित बनेका हुन् । खरेलले विपक्षी दलको विरोधलाई तमासा भन्दै कटाक्ष गरे ।विपक्षी दलको यस्तै स्वभावका कारण सरकारले अध्यादे
जगदीश खरेलको अभिव्यक्तिपछि विपक्षी भड्किए अनि १५ मिनेट स्थगित भयो प्रतिनिधिसभा बैठक
विपक्षीको विरोधलाई रास्वपा सांसद जगदीश खरेलले भने ‘तमासा’
सांसद खरेलको उत्तेजित अभिव्यक्तिपछि विपक्षी दलका सांसदहरू थप उग्र बने । त्यसपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।