पोखरामा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि जग्गा खोज्न समिति गठन
पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि सात सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरेको छ। वडा नं. १७ की वडाध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा गठित यस समितिमा विभिन्न वडाका अध्यक्षहरू सदस्य रहेका छन्। महानगर प्रमुख धनराज आचार्यका अनुसार समितिलाई १० कार्यदिनभित्र जग्गाको अध्ययन तथा स्थलगत खोज गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
Summary by Jayaman
2 more headlines since
पोखरामा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि जग्गा खोज्न समिति गठन
१० कार्यदिनभित्र जग्गाको अध्ययन तथा स्थलगत खोज गरी महानगरमा प्रतिवेदन पेस गर्ने गरी समितिलाई जिम्मेवारी तोकिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए।
पोखरामा सुकुम्बासी स्थानान्तरणका लागि जग्गा खोज्न समिति गठन
पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि जग्गा खोजी गर्न समिति गठन गरिएको छ ।पोखरा महानगरपालिकाले सुकुम्बासी र भूमिहीन परिवारको व्यवस्थापनका लागि जग्गा पहिचान तथा सिफारिस गर्न वड़ा नं. १७ का वडाध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा सात सदस्यीय जग्गा व्यवस्थापन (खोजी) समिति गठन गरेको हो ।समितिको सदस्यमा वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, वडा नं. १९ का अध्यक्ष तोरण बानियाँ, वडा नं. १४ का अध्यक्ष बोधराज कार्की, वडा नं. २५ का कार्यवाहक अध्