Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 27 May

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रवि लामिछानेले बुझे अदालतको तारेख

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन सम्बन्धी मुद्दामा बुधबार काठमाडौँ जिल्ला अदालत पुगेर तारेख बुझेका छन्। अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार लामिछानेको अर्को तारेख असार ११ गतेका लागि तोकिएको छ। यसअघि उनी सोही मुद्दामा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

Summary by Jayaman

2publishers
2headlines
Span: 6 hoursNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा तारेख बुझ्न पुगेका छन् । लामिछानेले आज स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफू विरुद्धको मुद्दामा तारेख बुझेको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए । अब

story2 publishers
Coverage

1 more headline since

    1. रवि लामिछानले बुझे तारिख

      काठमाडौँ- रवि लामिछानेले काठमाडौँ जिल्ला अदालतमा तारेख बुझ्न पुगेका छन्। लामिछानेले आज स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी विचाराधीन मुद्दामा तारेख बुझेको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए। उनका अनुसार अब लामिछानेको अर्को तारेख असार ११ गतेका लागि तोकिएको छ। स्वर्णलक्ष्मी सहकारीको मुद्दामा लामिछाने ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

Ravi Lamichhane Receives Court Date for Swarnalaxmi Cooperative Fraud Case · K cha khabar