१५औं महाधिवेशनपछि ‘जम्बो’ बन्दै कांग्रेस केन्द्रीय समिति, सहमहामन्त्री ११ जना
गत पुसमा आयोजित विशेष महाधिवेशनमा संशोधन गरिएको विधानअनुसार २४० सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ ।
नेपाली कांग्रेसले आफ्नो विधान संशोधन गर्दै केन्द्रीय कार्यसमितिको आकार बढाएर ८ पदेन सदस्यसहित २४० सदस्यीय बनाउने निर्णय गरेको छ। गत पुसमा काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट यो विधान पारित गरिएको हो। नयाँ व्यवस्था अनुसार ११ सहमहामन्त्रीसहित १७ जना पदाधिकारी रहनेछन्, जुन १५औँ महाधिवेशनपछि कार्यान्वयनमा आउनेछ।
Summary by Jayaman
गत पुसमा आयोजित विशेष महाधिवेशनमा संशोधन गरिएको विधानअनुसार २४० सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ ।
1 more headline since

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार बढाउने गरी विधान संशोधन गरेको छ। गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट पारित विधानमा केन्द्रीय कार्यसमिति ८ जना पदेन सदस्यसहित २४० सदस्यीय बनाउने