दलित बालबालिकाको भत्ता दोब्बर बनाइयो
काठमाडौँ- सरकारले दलित बालबालिकालाई दिँदै आएको पोषण भत्ता दोब्बर बढाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्। अब एक जना दलित बालबालिकाले मासिक भत्ताबापात एक हजार रुपैयाँ पाउने भएका छन्। यसअघि त्यस्ता बालबालिकाले मासिक पाँच सय रुपैयाँ पाउँदै आएका थिए।





