सार्वजनिक निजी साझेदारी मोडलमा फलाम खानी सञ्चालन गरिने
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोटमा रहेको फलाम खानी सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गरिने भएको छ ।अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हुप्सेकोटमा रहेको फलाम खानीलाई सार्वजनिक निजी साझेदारीमा मोडलमा सञ्चालन गरिने बताएका हुन् । “धौवादी फलामखानीमा रहेको सरकारको सेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्य अगाडि बढाउनेछौँ”, उनले भने । सिँचाइ पूर्वाधार विकासतर्फ नवलपु
