
विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग
काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको आतङ्कबाट त्रसित नागरिकलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन, मानव–जङ्गली जनावर द्वन्द्व न्यूनीकरणमा विशेष योजना ल्याउन सरकारसँग माग गरे । नेपाली कांग्रेसका सांसद जनकराज गिरीले यही जेठ १४ गते बाजुराको बूढीनन्दा नगरपालिकाका वडा नं १ […]
