
पर्यटन क्षेत्रलाई प्राथमिकता दिन व्यवसायीहरूलाई मुख्यमन्त्रीको आग्रह
विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । साथै उनले उद्यमी–व्यवसायीहरूलाई पर्यटन क्षेत्रमा लगानी गर्न उनले आग्रह गरेका छन् । ओरिएन्टल पब्लिकेशनद्वारा प्रकाशित ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उनले पर्यटन प्रवर्द्धनले मुलुकको समृद्धि, रोजगारी सिर्जना र गरिबी घटाउन सघाउने बताए। […]
_Z1K7hJvjpT.png)
