पुनः श्रम स्वीकृति अब स्वचालित प्रणालीबाटै
१८ जेठ काठमाडौं । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति (रिइन्ट्री) प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले यो व्यवस्था लागु गरिएको विभागले जनाएको छ। विभागले जारी गरेको सूचनाअनुसार यसअघि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले […]


