मलेसियामा गुन्जियो ‘नेपथ्य’, अमृतले दिए देशप्रेमको सन्देश
क्वालालम्पुर (मलेसिया) । नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ ले मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य साङ्गीतिक प्रस्तुति दिएको छ । ब्यान्ड आफ्नो साढे तीन दशक लामो साङ्गीतिक यात्रामा पहिलोपटक मलेसियामा प्रस्तुत भएको हो । पर्यटकीय स्थल बुकित बिन्ताङस्थित ‘जेप हल’ मा आइतबार बेलुकी ठीक ७ बजे नेपथ्यले ‘कोशीको पानी’ गीतबाट कन्सर्ट सुरु गरेको थियो । एकपछि अर्को गीत […]


