
भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे
साम्पाङले एउटा हातले मोटरसाइकल चलाएर अर्को हातले भिडिओ खिचिरहेका थिए । त्यही असन्तुलित भएर मोटरसाइकल लडेको श्रम संस्कृति पार्टीका एक नेताले बताए ।
प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एक हातले मोटरसाइकल चलाउँदै भिडियो खिचेको विषयमा आफ्नो बचाउ गरेका छन्। भिडियो खिच्ने क्रममा सन्तुलन बिग्रिएर उनी सडकमा लडेका थिए। ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गरेको भन्दै उनीमाथि कारबाहीको तयारी गरे पनि साम्पाङले यसलाई सामान्य विषय भएको बताएका छन्।

साम्पाङले एउटा हातले मोटरसाइकल चलाएर अर्को हातले भिडिओ खिचिरहेका थिए । त्यही असन्तुलित भएर मोटरसाइकल लडेको श्रम संस्कृति पार्टीका एक नेताले बताए ।
3 more headlines since

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ट्राफिक कारबाही आफूले जरिवाना नतिरेको जिकिर गरेका छन्। एक हातले मोटरसाइकल चलाउँदै भिडिओ खिच्दै गरेका साम्पाङ केहीदिन अघि दुर्घटनामा परेका थिए। लापवाही गरेर सवारी चलाएको भन्दै ट्राफिकले हिजो कारबाही गरेको भन्दै फेसबुकमा फोटोसहित राखेको थियो। तर चिट काटेकोबारे उनले भने, ‘मैले त पैसा तिर्या छ नि। मैले […]

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले केही दिनअघि मोटरसाइकल दुर्घटनामा परेको विषयमा सरकारको दोष देखाएका छन् । सरकारले बाटो राम्ररी मर्मत नगरेकाले आफू मोटरसाइकलबाट लडेको उनको दावी छ ।

एक हातले मोटरसाइकल चलाउँदै मोबाइलबाट भिडियो खिचेको भन्दै ट्राफिक प्रहरीले कारबाहीको तयारी गरेपछि प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले त्यसको बचाउ गरेका छन्।...