अमेरिकी अदालतले खारेज गर्यो ट्रम्प प्रशासनको आप्रवासन नीति, ३९ देशलाई राहत
ट्रम्प प्रशासनले ३९ देशका नागरिकहरूलाई शरण (असाइलम), काम गर्ने अनुमति, ग्रिन कार्ड र नागरिकतासम्बन्धी आवेदनमा निर्णय पाउन रोक लगाएको थियो।
अमेरिकी अदालतले ३९ देशका आप्रवासीहरूमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको नीतिलाई खारेज गरिदिएको छ। यसअघि ट्रम्प प्रशासनले ती देशका नागरिकहरूलाई शरण, कार्य अनुमति, ग्रिन कार्ड र नागरिकतासम्बन्धी आवेदनको निर्णय प्रक्रियामा रोक लगाएको थियो। अदालतको यो फैसलासँगै ती देशका हजारौँ नागरिकहरूलाई ठूलो राहत मिलेको छ।
ट्रम्प प्रशासनले ३९ देशका नागरिकहरूलाई शरण (असाइलम), काम गर्ने अनुमति, ग्रिन कार्ड र नागरिकतासम्बन्धी आवेदनमा निर्णय पाउन रोक लगाएको थियो।
2 more headlines since
काठमाडौँ- अमेरिकी राज्य रोड आइल्यान्डका एक न्यायाधीशले ३९ देशका आप्रवासीमाथि प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति अवैध भएको घोषणा गरेको समाचार संस्था एपीले जनाएको छ। ट्रम्पले ३९ देशबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरूलाई विभिन्न प्रकारका प्रतिबन्ध लगाएका थिए। प्रोभिडेन्समा रहेका मुख्य जिल्ला न्यायाधीश जोन म्याककोनेलले अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) का ती नीतिहरू खारेज गर्दै […]
अमेरिकाको एक अदालतले ३९ देशबाट आउने आप्रवासीहरूमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति खारेज गरिदिएको छ ।