लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान
नेपाल सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले शुक्रबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट निवेदन माग गरेको हो।सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार नियुक्तिका लागि सिफारिस गर्न आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ। सीईओ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानुन, इन्जिनियरिङ

