लेबनानका थप २० सहरका बासिन्दालाई घर छोड्न इजरायलको चेतावनी
३० जेठ, काठमाडौं । इजरायली सेनाले लेबनानका थप २० वटा सहर र गाउँका बासिन्दाहरूलाई तत्काल आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान आदेश दिएको छ । लेबनानमा जारी सैन्य कारबाहीलाई तीव्र पार्दै इजरायलले यी क्षेत्रहरूमा जबरजस्ती विस्थापनको चेतावनी दिएको हो । इजरायलको यो नयाँ आदेश देइर अल-जहरानी, अल-नामिरिया, अल-शार्किया, अल-देवैर, हारुफ, हब्बौस, कफरजोज, जिबदिन (नबातिया), नबातिया […]



