
इरानद्वारा अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ टोली दोहा पठाइने
तेहरान- इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ। तेहरानले नयाँ राजनीतिक संवादभन्दा विद्यमान समझदारी (एमओयू) को प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिएको जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईलाई उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले जनाएअनुसार, इरानले सम्झौताको प्राविधिक कार्यान्वयनको अनुगमन गर्न यसै साता विशेषज्ञहरूको प्रतिनिधिमण्डल कतारको दोहा पठाउने तयारी गरेको छ। […]


