टिपरको ठक्करबाट ट्याक्टर चालकसहित पाँच जना घाइते
सप्तरीको कञ्चनरूप नगरपालिका-९ विष्णु मन्दिर नजिक पूर्व-पश्चिम लोकमार्गमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् ।बिहीबार बिहान करिब ६:३० बजे रुपनगरबाट कञ्चनपुरका लागि छुटेको मधेश प्रदेश ०१–००१ त २७६० नम्बरको ट्याक्टरलाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ६००९ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्याक्टर चालक कञ्चनरूप नगरपालिका-११ का ३० वर्षीय श्यामकुमार सदा, सोही स्थानका १८ वर्षीय धीरजकुमार सदा, ६० वर्षीय महमद रहमान, ५५ वर्षीया नाजो खातुन र
