
भारी वर्षाका कारण न्यू प्लाजा क्षेत्र जलमग्न (तस्बिरहरू)
काठमाडौं– अविरल वर्षापछि काठमाडौंको न्यू प्लाजा क्षेत्र जलमग्न भएको छ। बिहीबार अपराह्न परेको भारी वर्षाका कारण सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित भएको छ। जलमग्न सडकका कारण सवारी चालक तथा पैदलयात्रीलाई आवतजावतमा समेत कठिनाइ भएको छ।
